स्नातक तह प्रथम वर्षको भर्ना आवेदन खुल्ला

भोजपुर बहुमुखी क्याम्पसमा शैक्षिक सत्र २०७४–०७५ को लागि मानविकी संकाय, शिक्षाशास्त्र संकाय र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षको आवेदन फारम खुल्ला गरिएको छ । आवेदन फारम यहि २०७४ आश्विन ३० गतेदेखि २०७४ कार्तिक १७ गतेसम्म क्याम्पसको लेखा शाखाबाट उपलब्ध हुने सूचनामा जनाइएको छ । आवेदन फारम दस्तुर रु. २००/– निर्धारण गरिएको क्याम्पसका निमित्त प्रमुख उत्तमसिं राईले जानकारी दिनुभयो । 
सूचना हेर्न क्लिक गर्नुहाेस्