स्नातक तह दोस्रो वर्षमा भर्ना खुल्यो

यस भोजपुर बहुमुखी क्याम्पस, भोजपुरको शैक्षिक सत्र २०७४–०७५ को लागि व्यवस्थापन संकाय, मानविकी संकाय र शिक्षाशास्त्र संकायहरुमा स्नातक तह दोस्रो वर्षको लागि भर्ना खुलेको छ । यहि मिति २०७४ आश्विन २९ गतेदेखि आगामी मिति २०७४ कार्तिक २४ गतेसम्म भर्ना लिने निर्णय भएको निमित्त क्याम्पस प्रमुख उत्तमसिं राईले बताउनु भयो । गत वर्ष प्रथम वर्षमा भर्ना भएका विद्यार्थीहरुले क्याम्पसको लेखा शाखामा आई दोस्रो वर्षको भर्ना गर्नुपर्नेछ । जसको लागि व्यवस्थापन र मानविकी संकायको लागि भर्ना शुल्क ३६१५/– तोकिएको छ भने शिक्षाशास्त्र संकायको लागि भर्ना शुल्क रु. ४८१५/– तोकिएकोछ । साथै क्याम्पसले तोकिएको म्याद नाघेर नाम दर्ता गराउँदा एक हप्तासम्मको रु. ५/– बिलम्ब शुल्क लाग्नेछ । त्यसपछि प्रत्येक दिनको रु. १/– का दरले थप विलम्ब शुल्क जोडेर लिइने सूचनामा उल्लेख गरिएकोछ । 
सूचना पढ्नुहाेस्