क्याम्पसमा नागरिक वडापत्र
भोजपुर (१ कार्तिक)/त्रिभुवन विश्वविद्यालयको आङ्गिक क्याम्पसको रुपमा रहेको भोजपुर बहुमुखी क्याम्पस, भोजपुरले पहिलो पटक क्याम्पस परिसरमा नागरिक वडापत्र राखेको छ । त्रिभुवन विश्वविद्यालय अन्तरगतका ६० वटा आङ्गिक क्याम्पसहरुमध्ये नागरिक वडापत्र राख्ने भोजपुर बहुमुखी क्याम्पस पहिलो क्याम्पस बनेको छ । नागरिक वडापत्र बमोजिम सेवा प्रवाहमा क्याम्पस प्रशासन प्रतिबद्ध रहेको निमित्त क्याम्पस प्रमुख उत्तमसिंह राईले बताउनु भयो ।