स्ववियुद्धारा नव आगन्तुक विद्यार्थीको स्वागतमा कार्यक्रम
भोजपुर(पौष ६)/स्वतन्त्र विद्यार्थी युनियन भोजपुर बहुमुुखी क्याम्पसले स्नातक तह प्रथम वर्षमा नव प्रवेशी विद्यार्थीहरुको लागि स्वागत कार्यक्रम सम्पन्न गरेको छ ।
भोजपुर जिल्लाबाट प्रदेश नं. १ का नव निर्वाचित साँसद राजेन्द्र राईको प्रमुख आतिथ्यता र भोजपुर जिल्लाबाट प्रतिनिधि सभाका नव निर्वाचित साँसद सुदन किरातीको विशेष आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रममा स्ववियुको तर्फबाट नव आगन्तुक विद्यार्थीहरुको स्वागत गरिएको थियो भने नव निर्वाचित साँसदहरुलाई सम्मान गर्दै क्याम्पसमा सहयोग गर्न माग पत्र समेत प्रदान गरिएको थियो ।
स्ववियु अध्यक्ष प्रकाशसिं राईको सभापतित्वमा सञ्चालित कार्यक्रमको सञ्चालन स्ववियु सचिव अनोज कार्कीले गर्नुभएको थियो भने स्वागत मन्तव्य उपाध्यक्ष लक्ष्मण चौहानले गर्नुभएको थियो । क्याम्पसमा पहिलो पटक विद्यार्थीहरुलाई स्मार्ट कार्ड परिचय पत्र वितरणको शुरुवात भएको समेत आजबाट घोषणा गरिएको छ ।