(पत्रिकामा प्रथम प्रटक प्रकाशित मिति ः २०७४÷१०÷१८)
यस क्याम्पसको हाल सञ्चालनमा रहेको प्रशासनीक भवनको एक तला थप गर्ने निर्माण कार्यको लागि परामर्श सेवा खरिद गर्नुपर्ने भएको हुँदा सार्बजनिक खरिद ऐन २०६३, सार्बजनिक खरिद नियमावली २०६४ तथा त्रिभुवन विश्वविद्यालय आर्थिक व्यवस्थापन तथा खरिद सम्बन्धी नियम २०५० बमोजिम तपसिलका कागजातहरु संलग्न गरी परामर्श सेवा दिन इच्छुक फर्म कम्पनीहरुबाट आशय पत्र आव्हान गरिन्छ । आशय पत्र यो सूचना पत्रिकामा प्रकाशन भएको मितिले १५ औं दिनको अपरान्ह ३ः०० बजेभित्र यस क्याम्पसमा आइपुग्ने गरी पेश गर्नुहुन अनुरोध छ । तोकिएको समय अवधि पश्चात प्राप्त हुने कुनै पनि आशय पत्रहरु सूचीकृत नहुने व्यहोरा समेत जानकारी गराइन्छ । तोकिएको समय अवधिभित्र प्राप्त आयश पत्रहरुमध्येबाट सूचना प्रकाशन भएको मितिले १६ औं दिन संक्षिप्त सूची प्रकाशन गरिनेछ । संक्षिप्त सूचीमा परेका फर्म वा कम्पनीहरुसंग मात्र परामर्श सेवा खरिदसम्बन्धी प्रस्ताव माग गरिनेछ ।