क्याम्पसमा तीज विशेष कार्यक्रम सम्पन्न
भोजपुर (७ भाद्र)÷ त्रिवि कर्मचारी संघ भोजपुर बहुमुखी क्याम्पसको आयोजनामा तीज विशेष शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।
कर्मचारी संघका सभापति भीमप्रसाद राईको अध्यक्षता तथा क्याम्पस प्रमुख डा रोहितकुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा शुभकामना मन्तव्य राख्नुहुँदै सहायक क्याम्पस प्रमुख बेनुबहादुर कार्कीले सम्पूर्ण महिला दिदीबहिनीहरुलाई तीजको शुभकामना व्यक्त गर्नुभएको थियो । यस्तै क्याम्पस प्रमुख डा. रोहित कुमार श्रेष्ठले हिन्दु नारीहरुले विशेष महत्वले मनाउने यो चाडमा सम्पूर्ण महिला दिदीबहिनीहरुले आफ्नो माइतीघरमा पुगेर आफन्तसंग भेटघाट गरी दुःख सुखका अनुभव साटासाट गर्ने अवसर पाउने धारणा व्यक्त गर्नुभयो । क्याम्पसमा कार्यरत एक दर्जन महिला प्राध्यापक एवं कर्मचारीहरुका लागि कर्मचारी संघले दर खाने कार्यक्रम समेत गरेको क्याम्पसका सूचना अधिकारी नोदनाथ त्रितालले जानकारी दिनुभयो ।
